कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जना बिहीवार साँझ पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उनीहरुलाई चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ।

Navadurga sun

यस्तै भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागूऔषध सहित सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जना बिहिवार साँझ पक्राउ परेका छन्। प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...