अवरोधका बिच गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

राजनितिक दलहरुको सहमतीमा नै नगरपालिकाको भवन उदघाटन गरिएको हो : नगर प्रमुख भट्ट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । बिहीबार नेकपा एमालेको अवरोधका बिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

Ganyapdhura gau

भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ । तर एमाले बाहेक अरु सबै दलका नेता कार्यकर्ता हरुको समर्थन रहेको देखिन्छ । दुई वर्ष पहिले पनि एमाले बाहेक अरु दलहरुको विरोधका बाबजुद तत्कालीन मेयर हरी सिंह साउदले पनि भवन निर्माण सम्पन्न नहुँदै भवन उदघाटन गरेका थिए । त्यो समयमा पनि कांग्रेस सहित ७ दलले लिखित रूपमा विरोध जनाएका थिए ।

Navadurga sun

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले राजनितिक दलहरुको सहमतीमा नै नगरपालिकाको भबन उदघाटन गरिएको बताएका छन । भवनको उद्घाटन समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताए । एडिबीले भबन बनाएको हो तर उक्त निकायबाट हस्तान्तरण नगरी भवनको उद्घाटनमा तत्कालिन मेयर हरी सिंह साउदले हतार गरेर उदघाटन गरेको उनको आरोप रहेको छ ।

Dadhaldhura pur

उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निणर्य भएको बताए । ‘हामीले राजनीतिक प्रतिशोध नराखिकन हिजोको मितिमा पूर्व मेयरसापले गर्नुभएका कामहरूलाई धन्यवाद दिदै एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधि सहितको कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निणर्य भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गर्ने भन्ने कुरा भएको थियो ।’

उनले गोदावरीको बिकास को लागी सबैको हातेमालो हुनु जरुरी रहेको बताए । ‘मैले २०७४ मा मेयरमा पराजित भएपछी तत्कालिन मेयरलाई तीन पटक भेटेर पूर्व मेयर सापलाई भनेको थिए हरी जि तपाईंले अन्यथा लिनु हुँदैन मैले कहाँ के सहयोग गर्नु पर्दछ हामी तयार छौं तर उँहाले त्यो समन्वयकारी भूमिका निभाउन सक्नु भएन,’ मेयर भट्टले भने, ‘गत बर्ष नगरपालिकाले हारेको मुद्दामा ४ करोड ५० लाख नगरपालिकाले ठुलो रकम तिर्नु पर्यो । एमाले ले भने जस्तो भ्रष्टाचार र गल्ती आफुहरुले नगरेको भने ।’

उनले एडिबीले ठूलो रकम खर्चेर भवन निर्माण गरेको अवस्थामा पूर्व मेयर नाम लेख्न आत्तिएको बताए । उनले हाल सबै दलहरु सँग समन्वय गरेर भवन उद्घाटन गरिएको बताए । उनले भने ‘हामीले सबैसँग सरसल्लाह गरेर भवन उद्घाटन गरेका हौ । हामीले यस क्षेत्रमा राजनीति गर्ने दलहरु संग पनि समन्वय गरेर अगाडि बढेका छौ ।’ उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्ने बताए ।

त्यस्तै जनमोर्चाका नन्दराज भट्ट ले नगरपालिकाको बजेटमा पुजिगत खर्च कम भएकाले चालु खर्च घटाई पुजिगत खर्च न बढाए बिकास निमाणर्मा सफलता न मिल्ने बताए । उनले गोदावरी नगरपालिकाका ४ र १२ नं. वडाहरू बिकट भएकाले त्याहाँ बिकास तथा सेवा प्रदान गर्न छुट्टै ब्यवस्था गर्नु पर्ने बताए । त्यस्तै माओवादी केन्द्रका मेघराज भट्टले नगरपालिकाले जस्तो भबन निर्माण गरेको छ त्यस्तै सेवा प्रदान गर्नु पर्ने बताए । उनले घर नबन्दै उद्घाटन नहुने र बच्चा नजन्मदै न्वारान हुदैन भने ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य गोदावरी नगरपालिका वार्ड नं. १ का अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले माघ २ गते निर्माण व्यवसायीबाट हस्तान्तरण भएको र बिहीबार नगरपालिकाको विधिवत उद्घाटन भएको बताए । त्यस्तै अरु बक्ताहरुमा युवा नेता समाजसेवी लोकराज पण्डे (आगो), जनमोर्चाका नन्दराज भट्ट, माओवादी केन्द्रका मेघराज भट्ट, नेपाली कांग्रेसका बसन्त रोकाया ललित रहेको कार्यक्रमको संचालन गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...