टीकापुरमा नागरिक उन्मुक्तिको पहिलो अधिवेशन सुरु

धनगढी- कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन बिहीबारबाट सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले पानसमा दियो बालेर महाधिवेशनको सयुक्त रूपमा उद्घाटन गरे ।

Dadeldhura hospital

महाधिवेशनमा ५२ जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागी रहेका नागरिक उन्मुक्तिले जनाएको छ । तीन दिन चल्ने अधिवेशनले अध्यक्ष र ३९ पदाधिकारी सहित २ सय ५६ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको सभापतित्वमा सुरु भएको महाधिवेशनमा प्रमुख अतिथी अध्यक्ष रन्जिता श्रेष्ठ र विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री नेपाल रहेका छन ।

Navadurga sun
Godawari sandesh

जनमत पार्टीका अध्यक्ष सिके रावतलगायत उद्घाटनमा सहभागी छन् । उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि कार्यव्यस्तताले आउन नसकेको नागरिक उन्मुक्तिले जनाएको छ ।

Loading...