कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु, ५ जना प्रहरी नियन्त्रणामा

कञ्चनपुर, २१ असार– कञ्चनपुरमा युवाहरु बिच भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राती कंचनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको कुटपिटबाट ज्यान गएको हो।

कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीयका अनुसार बोहरा र स्थानीय प्रकाश पालबीच कुटपिट भएको हो उनीहरुको मदिरा सेवनपछि एकआपमा कुटपिट भएकोे भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले बताए मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् ।

Navadurga sun

मृत्युपछि आरोपित प्रकाश पाल सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनिहरुमाथि अनुसन्धान भइरहेको उनले बताए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...