धनगढीमा प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर दुई युवक भागे 

धनगढी- कैलालीको धनगढीमा दुई युवक प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडेर भागेका छन् । बुधवार साँझ ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१३ शिवमन्दिर पछाडिबाट ती युवकहरु मोटरसाइकल छोडेर फरार भएका प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले सुप्रप्र ०१ ००९ प ५४७४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल छोडेर दुबै जना भागेको बताए ।

Navadurga sun
Godawari sandesh

स्थानीयले दुई जना युवा लामो समयदेखि सो स्थानमा बसेको खबर गरेपछि सोधपुछ गर्न कैलाली गाउँ प्रहरी चौकीको टोली पुग्दा दुबैजना मोटरसाइकल छोडेर जङ्गल तर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...