मुक्त हालिया बालबालिकालाई प्राविधिक शिक्षा दिन माग

डिलबहादुर सिंह/ डोटी– “पढाउने पैसा अभावमा हामीले बालबालिकारतलाई काम गर्न इन्डिया पठाउनु परेको छ । हाम्रा बालबालिकाहरूलाई प्राविधिक शिक्षा पढाउनका लागि सरकारले आर्थिक सहयोग गर्नु पर्‍यो ।” डोटीको सायल गाउँपालिकामा मुक्त हालियाका समस्या र भावी योजना लगायतका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय मुक्त हालिया समुदायकी पुतली नेपालीले स्थानीय तहका प्रमुख र सरोकारवाल सामु राखेको माग राख्दै बोल्नु भएको कुरा हो यो ।

सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सायल गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाल निकाय र मुक्त हालिया परिवारका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी मुक्त हालिया परिवाकी सदस्य नरु बि.क. भन्नुभयो,–“वर्षौँ देखि हाम्रा पिता पुर्खाले मालिकको हलो जोत्दै आए, सरकारले मुक्त घोषणा गरेको भए पनि हाम्रो अवस्थामा सुधार आउन सकेको छैन । कैयौँले परिचयपत्र समेत प्राप्त गर्न सकेका छैनौँ । बालबालिकाले उचित शिक्षा दीक्षा पाए भविष्यमा सन्तानले दुःख नपाउलानकी भन्ने हो ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सायल गाउँपालिकामा मुक्त हालिया पुनर्स्थापना लगायतका क्षेत्रमा कार्य गर्न कार्यविधि निर्माण गर्ने दोस्रो पालिका हो । मुक्त हालियाको सम्बन्धमा आएका गुनासाहरूको जवाफ दिनुहुँदै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आफू मुक्त हालियाको समग्र विकासको सम्बन्धमा कार्य गर्न गम्भीर भएर लागेको बताउनुभयो । अध्यक्ष जोशीले भन्नुभयो,–“मुक्त हालियाका क्षेत्रमा काम गर्नका लागी सुदूरपश्चिम प्रदेशमा नै दोस्रो पटक कार्यविधि निर्माण गर्ने कार्य हामीले गरेका छौँ । परिचय पत्र प्राप्त गर्नबाट छुटमुक्त हलियाहरुको तथ्याङ्क सङ्कलनका लागी समेत बजेट विनियोजन गरिएको छ ।”

पछिल्लो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट मुक्त हालिया आय आर्जन शिक्षा लगायतका क्षेत्रमा लगानी भइरहेको छ । मुक्त हलिाय परिवारले बालबालिकालाई विद्यालय पठाउने कुरालाई प्राथमिकता नदिने गरेको गुनासो पोख्दै सायल गाउँपालिका स्तरीय मुक्त हालिया सञ्जालकी अध्यक्ष कल्पना नागरीले भन्नुभयो,– “अझै पनि मुक्त हालिया परिवारबाट उच्च शिक्षा अध्ययन गर्नेहरूको सङ्ख्या न्यून छ । प्राविधिक शिक्षामा कोही एक दुई जना होलान् । सरकारले नै उच्च शिक्षा, प्राविधिक शिक्षा जस्ता विषयमा अध्ययनका लागि बजेटको व्यवस्था गरिनु पर्छ ।”

राष्ट्रिय मुक्त राष्ट्रिय मुक्त हालिया समाज महासङ्घ नेपालका अनुसार डोटी जिल्लामा १ हजार ३२१ मुक्त हालिया घरपरिवारको लगत सङ्कलन गरिएको भए पनि क, ख, ग र घ वर्गको गरेर १ हजार २ सय १० मुक्त हालिया परिवारले मात्र परिचयपत्र प्राप्त गरेका छन् । परिचय पत्र प्राप्त गर्न नसकेका मुक्त हालिया परिवारले परिचयपत्र पाउनु पर्ने माग गर्दै आएका छन् । (गाेरखापत्रबाट)

Loading...