



डडेल्धुरा- डडेल्धुरामा करेन्ट लागेर घाइते भएका पुरुषको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ सकायलका ५१ वर्षीय मकर बहादुर शाहीको आइतवार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो।


उनीको आफ्नै घर नजिक रहेको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागि रुखबाट खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भिर घाईते भएका उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।





