इसाई समाज गोदावरीले गर्‍यो अत्तरियामा संयुक्त ख्रीष्टमस कार्यक्रम

अत्तरिया- इसाई धर्मको पवित्र पर्व क्रिसमसको उपलक्ष्यमा इसाई समाज गोदावरीले अत्तरियामा रहेको श्रीजनशील युवा क्लबको मैदाममा संयुक्त ख्रीष्टमस कार्यक्रमको आयोजना गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

इसाई समाज गोदावरीका अध्यक्ष डेभिड कैनिको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिरेन्द्र भट्टले नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले सबै धर्म समान भएको बताए । उनले भने, ‘यस गोदावरी नगरपालिका भित्र रहेका ३२/३५ वटा चर्चका सबै साथीहरुलाई एकै ठाउँमा उभियार शुभकामना ओहोर दोहर गर्ने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।’

Dadeldhura hospital

धर्म जनसुकै होस धर्मका कारण यो समाज अगाडी बढेको छ । समाजको परिवर्तनका लागि धर्म आवश्यक रहेको बताए । धर्मको रक्षा गर्नु तीन तहको सरकारको पनि जिम्मेवार रहेको बताए । सबैले हातेमालो गरेर हाम्रो समाजमा धर्म मान्य मानिसहरुको संरक्षण गर्नुपर्ने बताए ।

यसैकुराहरुलाई बिचार मनन गर्दै उहाँहरुलाई हाम्रो पनि सरकार छ हामी पनि यसै समाजका मानिस हौं हाम्रो पनि केही अधिकार छ भन्ने अनुभुति दिलाउनको लागि यस धर्मको लागी पनि नगरपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको बताए ।

त्यस्तै बिशिष्ट अतिथिहरुमा इलाका प्रहरी कार्यालयका प्रतिनिधि इन्सपेक्टर बासुदेव भट्ट, वडा नं ५ का वडाध्यक्ष शुद्धिराम चौधरी, वडा नं. ९ का वडा सदस्य उद्धव राज भट्टराई, वडा नं १० का वडा सदस्य शेर बहादुर तामाङ, वडा नं १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, इसाई समाज गोदावरीका पास्टर धन बहादुर बिक लगायतको उपस्थिति रहेको थिए ।

स्वागत मन्तव्य गोदावरी इसाई समाजका पास्टर देबराज भट्टले ब्यक्त गरेको कार्यक्रमको संचालन पास्टर खडक बिकले गरेका थिए ।

हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । वास्तवमा, एउटा निकै नै प्रारम्भिक ईसाई परम्पराका अनुसार, जुन दिन मेरीलाई उनीसंग एक अति नै विशष बच्चा अर्थात यीशु हुनेछन् भनिएको थियो, त्यो तारिख थियो २५ मार्च । २५ मार्चको नौ महिनापछि २५ डिसेम्बर । यस्तो बेला यीशुको जन्मका लागि २५ डिसेम्बर सबैभन्दा राम्रो दिन मानियो । यसका अतिरिक्त उक्त तिथिलाई एक रोमन पर्व अथवा मकर संक्रान्तिसंग सम्बन्ध स्थापित गर्ने आधारमा पनि चुनिएको मानिन्छ ।

त्यस्तै पुस ९ गते ख्रीष्टमस डे मनाइँदै छ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्म जयन्तीका अवसरमा ख्रीष्टमस (क्रिसमस) दिवस मनाइने गरिन्छ ।

Loading...