कोषले अत्तरिया सह-लगानी खानेपानी आयोजनामा २ करोड ६३ हजार भन्दा बढीको ऋण लगानी

अत्तरिया, १८ असार- कैलालीको अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि नगर विकास कोषले २ करोड ६३ लाख ९७ हजार रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरेको छ ।

कोषले अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक खानेपानी आपूर्तितर्फको लागत १३ करोड १९ लाख ८८ हजारको २० प्रतिशतले हुने २ करोड ६३ लाख ९७ हजार कोषबाट ऋण लगानी गर्ने भएको छ ।

Navadurga sun

आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान रहेको छ ।

शुक्रबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशीबीच ऋण सम्झौता गरिएको हो ।

उक्त आयोजनाले गोदावरी नगरपालिकाका वडा नं. २ का ६ हजार ७ सय ७८ जनसंख्यालाई २ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य समेत लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...