इजाजत लिएर होटल लज चलाउन पाउने

Dadeldhura hospital

अत्तरिया, १८ असार- सुदूरपश्चिम प्रदेशका होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारले पर्यटकस्तरको इजाजत लिएर मात्रै पर्यटकको खान, बस्न लगायतका कारोबार गर्न पाउने भएका छन्।
सुदूरपश्चिम प्रदेश सभाले बिहीबार पारित गरेको ‘सुदूरपश्चिम प्रदेश पर्यटन ऐन २०७७’ मा गरिएको व्यवस्था अनुसार होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारले इजाजत विना पर्यटन सम्बन्धी गतिविधि गर्न नपाउने भएका हुन् । उद्योग ऐन अनुसार घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी ऐन अनुसार वाणिज्य कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका र पर्यटन गतविधिमा संलग्न होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारहरूले पर्यटन सम्बन्धी कारोबार गर्न प्रदेश पर्यटन ऐन अनुसार समेत दर्ता हुनुपर्ने छ ।

प्रदेश सभाबाट पारित ऐनको परिच्छेद ३ को दफा १४ देखि १८ सम्म पर्यटकस्तरको साधारण होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारको दर्ता र ईजाजत दिने सम्बन्धी व्यवस्था गरेको छ । सञ्चालनमा रहेका होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारहरूले स्थानीय तहको सिफारिसमा मन्त्रालयमा पर्यटकस्तरको इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । सोका लागि होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारले प्रत्येक व्यवसाय दर्ता गर्न १०१० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था दफा १६ लेख गरेको छ । दफा १६ (२) ले एक भन्दा बढि व्यवसाय दर्ता गर्न चाहेमा छुट्टाछुट्टै व्यवसायको दर्ता शुल्क बुझाउनुपर्ने उल्लेख ।

Loading...