नवजीवन सहकारी संस्थाको ३० औँ वार्षिक एकाईगत साधारणसभा अत्तरियामा सम्पन्न

अत्तरिया, २४ मंसिर । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक एकाइगत साधारण सभा अत्तरियामा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेल रहेका थिए ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि कडेलले स्थानीय सरकारको हैसियतले हामीले गर्ने सहयोगको लागि तयार भएको बताएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै बिशिष्ट अतिथिहरुमा गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शरादा देबी रोकाया, गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवत्ता गोपाल दत्त भट्ट, उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा रहेका थिए ।

त्यस्तै अतिथिहरुमा नबजिबन सहकारीका समिति संयोजक चक्र बहादुर सिंह, सहकारीका संचालक समितिका सदस्यहरु, स्वस्थ्य बिभागका पुर्ब डाइरेटर डा. लक्ष्मी राज पाठक, समजसेबी गोकणर् भट्ट, समाजसेबी दिनेश राज जोशी , नबजिबनका सल्लाहकार सदस्य खोमराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

करिब ३३ हजार सेर सदस्य रहेको उक्त सहकारीले आर्थिक वर्ष २०७९/०८० को १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाले १० वटा सेवा केन्द्रहरु संचालन गरेको छ । आगामि दिनहरुमा काठमाण्डौ र डडेलधुरामा पनि सेवा केन्द्र खोल्ने तयारी भएको जनाइएको छ ।

नवजीवन सहकारी संस्थाको अधिकृत शेयर पुँजी ५० करोड रहेको जनाइएको छ । जसमध्ये २०७९ साषाढ मसान्तको चुक्ता शेयर पूजी २६ करोड ९५ लाख ६८ हजार रहेकोमा सो मा ७.७८ ले बृद्धि भई २०८० अषाढ मसान्तम सम्ममा चुक्ता शेयर पूँजी २८ करोड २४ लाख ५४ हजार पुगेको सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । नबजिबन सस्थाको प्रगतिको लागि सबै शेयर सदस्यहरुले एकजुट भई सहयोग गर्नु पर्ने समेत बताएका हुन् ।

सहकारीले संस्थाले ४ अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७९/०८० सम्ममा नगद र बैंक मौज्दात १ अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका उपाध्यक्ष चेतराज ओझाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुले कार्यक्रम संचालन गरेका थिए ।

मंसिर १८, २०, २२, २४ र २७ गते क्रमशः बर्दिया बाँसगढी, टिकापुर, सुखड, अत्तरिया र धनगढी लगायत पाँच वटा इकाईगत साधारण सभा सम्पन्न गरी सबै इकाईबाट छनौट भएका प्रतिनिधिहरू सहितको साधारण सभा मसिंर ३० गते धनगढीमा सम्पन्न हुने बताईएको छ ।

धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले टीकापुर, अत्तरिया, सुखड, जोशीपुर र बर्दियाको बाँसगढीमा स्थापना भएका शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

Loading...