डोटी- डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्नास्थित मंगलवार एक युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।




दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।


प्रहरी घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको चन्दले जानकारी दिए। मृतका आफन्तले भने हत्या भएको आशङ्का गरेका छन्।




