भूकम्प प्रभावितका लागि चौध करोड बजेट

मार्तडी- बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खप्तड छेडेदह गाउँपालिकामा १४ घर, गौमूल गाउँपालिकामा ४२७ घर र हिमाली गाउँपालिकाका २६७ घरमा क्षति पुगेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

त्यस्तै स्वामिकार्तिक गाउँपालिकामा १४ घर, जगन्नाथ गाउँपालिकामा ३१ घर, बडीमालिका नगरपालिकामा ६६६ घर र बुढीगङ्गा नगरपालिकाका छ घरमा क्षति पुगेको पाइएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ का जमुना रोकायाको मृत्यु र एक जना घाइते भएका थिए ।

Navadurga sun
Godawari sandesh

हिमालीमा दुई जना र बडीमालिका नगरपालिकामा एक जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक भीमकान्त पौडेलले नेपाल सरकारबाट भूकम्प प्रभावितको आवास निर्माण तथा क्षतिपूर्तिका लागि उक्त बजेट विनियोजन गरिएको बताए । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा आइसकेको जानकारी उनले दिए ।

जिल्ला विपत् व्यवस्थापन समितिका पदाधिकारीसमेत रहेका स्थानीय तहका जनप्रतिनिधिसहितको बैठक बसेर सो रकम पालिकामा पठाई पुनर्निर्माणको काम तत्काल सुरु हुने भएको छ । उनका अनुसार रकम पालिकाको क्षतिको विवरण (पूर्ण, आंशिक, सामान्य) हेरेर वितरण गरिने छ । भूकम्प प्रभावितहरू त्रिपालमा बास्दै आएका छन् ।

 

Loading...