सुनको मूल्य बढ्यो

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको हो ।

छापावाल सुन तोलामा एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Navadurga sun

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर भएर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...