परराष्ट्र मन्त्रालय भन्छ– विपिन जोशी गाजामा फेला परेको गुड न्युज छ

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Ganyapdhura gau

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो ।

Navadurga sun
Godawari sandesh

प्रवक्ता लम्सालले भनिन्, ‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, हामी विपिनसँग प्रत्यक्ष कुराकानी गरेर थप भेरिफाइ गर्ने प्रयासमा छौं ।’ जोशी अस्पतालमा रहेको भनिए पनि उनको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको प्रवक्ता लम्सालले बताइन् ।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपकराज जोशीले पनि विपिन गाजा क्षेत्रमा सकुशल फेला परेको जानकारी भरपर्दो स्रोतबाट प्राप्त भएको बताएका छन् । ‘विपिन जोशी सकुशल छन् ।

Dadeldhura hospital

त्यसको जानकारी विपिनको परिवारलाई पनि गराइसकिएको छ,’ स्वकीय सचिव जोशीले भने, ‘उनलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।’ उद्धारका लागि कतार सरकारसँग पनि समन्वय भइरहेको जोशीले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो ।

नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

हालै परराष्ट्रमन्त्री साउद कञ्चनपुर गएका बेला विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

Loading...