डडेल्धुरामा जुवा खालबाट ११ जना नगदसहित पक्राउ

डडेल्धुरा- डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट गएराति जुवाडे पक्राउ परेका हुन् ।

Dadeldhura hospital

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन् ।

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन् । उनीहरूको साथबाट २१ हजार ३ सय ७९, दुई गड्डी तास, रातो बुट्टेदार बिछौना एक थान समेत बरामद गरिएको छ ।

Loading...