धनगढी उपमहानगरले भूकम्प प्रभावितलाई पठायो राहत

धनगढी- जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि धनगढी उपमहानगरपालिकाले राहत सामग्री पठाएको छ। उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा उपमहानगरका जनप्रतिनिधिको टोली राहत लिएर बिहीबार कर्णाली प्रदेश गएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि उपमहानगरले ६ लाख ३५ हजार रुपैयाँबराबरको सय क्विन्टल चामल पठाएको हो। उक्त सामग्री उपमहानगरको टोलीले सुर्खेतमा कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर प्रमुख गोपाल हमालले बताएका छन्।

Navadurga sun
Godawari sandesh

राहत लिएर गएको टोलीलाई नगर प्रमुख हमालले बिदाइ गरे। उपमहानगरको बिहीबार बसेको २८औँ कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाउने निर्णय गरेको थियो। बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरूको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ।

उपमहानगरको विपत् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरूलाई राहत वितरण गर्न सरकारले बनाएको एकद्वार प्रणालीमार्फत उक्त खाद्यान्न वितरणका लागि पठाइएको बताए।

Loading...