नेपाल भ्रमणको निम्तो सहित हिमालय फ्रेन्डस र मार्जिटलाई सम्मान




काठमाडौ, १४ असार– कोरोनाको दोस्रो लहरमा पहाडी जिल्लामा ७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरे वाफत हिमालयन फ्रेन्डस ई.भि. र मार्जिट एजिम्याननलाई नेपाल सरकारका बन तथा भु संरक्षण मन्त्रीले धन्यवाद दिदै नेपाल भ्रमण गर्न विशेष निम्तो दिएको छ ।



हिमालयन फ्रेन्डस ई.भि. र मार्जिट एजिम्याननलाई कोरोना रोकथामका लागि खेलेको भुमिकाको मुल्यांकन गर्दै सरकारले सम्मानित समेत गरेको छ । कोरोनामा नेपाली जनताहरु पहाडी भेग र दुर्गम क्षेत्रमा मरिरहेको अवस्थामा एक हजार नागरिकलाई बिना स्वार्थले जीवन बचाउने सामग्री बितरण गर्नुले हिमालयन फ्रेन्डस ई.भि. र मार्जिट एजिम्याननको गतिविधि र पवित्र मन को तुलना मदर टेरेसा र जा हेनिरी ड्युट (रेडक्रसका सस्थापक) संग गरिएको छ ।


त्यसैगरी सबै अस्पताल र बिरामीले केही लाखको निस्वार्थ सहयोगले करोडौंको काम गरेकोले धन्यवाद दिएका छन् । विभिन्न अस्पताल र स्वास्थ्य चौकीले सामान आएकोले बल्ल काम गर्ने वातावरण निर्माण भएर स्वास्थ्यकर्मीको प्रतिष्ठा बढाएकोमा धन्यवाद समेत दिएका छन् ।
प्रदेशमा हिमालयन फ्रेन्डस ई.भि. र मार्जिट एजिम्याननद्वारा नेपाली नागरिक स्वास्थ्यको हरेक सहयोग गर्ने प्रतिबद्धतालाई ध्यानाकर्षण गर्दौ अहिले नंया भेरियन्टको समस्या र कोरोनाको तेस्रो लहरमा पनि यस्तै फास्ट ट्र्याकमा दिइएको सहयोगको लागि धन्यवाद ;समेत दिएका छन् ।



