

धनगढी– जिल्ला अदालत कैलालीमा चोरी भएको छ । आइतबार राति जिल्ला अदालत कैलालीमा चोरी भएको हो । अदालतका कर्मचारीहरुको मोबाइल लगायतका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



अदालतमा चोरी भएको विषय सोमबार मात्र प्रहरीलाई अदालतले जानकारी गराएको डिएसपी कुलदिप चन्दले बताए ।


अदालतको मुल गेटमा प्रहरीले सुरक्षा दिँदै आए पनि पछाडीबाट छिरेर चोरले सामान चोरेको हुन सक्ने प्रहरीको अनुमान छ । चोरीमा संलग्नको खोजी भइरहेको र सिसिटिभीको समेत अध्ययन भइरहेको डिएसपी चन्दले बताए ।





