भूकम्पपीडितलाई शिवनाथ गाउँपालिकाले एकलाख २५ हजार सहयोग गर्ने

बैतडी- जिल्लाको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साउदको भनाइ छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ।

 

Loading...