कैलालीमा बजार असार २२ गते सम्म साँझ ६ बजेसम्म खोल्न पाईने

जिल्ला भित्र यातायात खुला

धनगढी, १४ असार- कैलालीमा पसल अव ६ बजे सम्म खोल्न पाईने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले कैलाली जिल्लामा लक डाउन खुकुलो गरेको छ । यद्दपि निषेधाज्ञालाई समेत यथावत राखेको छ । यो निर्णण असार २२ गते सम्मका लागि लागू भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले १६ गतेदेखि कैलाली जिल्लामा सार्वजनिक यातायात समेत चल्न दिने निर्णय गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बैठकले यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । यो निर्णय अनुसार जिल्लाभरी सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउनेछन् । सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्न पाउनेछैनन ।

चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ ।बजारहरु भने बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईनेछ । रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउनेछन् ।

सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका सुरक्षा मापदण्डको पालना गरी कार्यालय समयभित्र सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

Loading...