डोटीको बोगटान गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले एक विज्ञप्ति जारी गर्दै सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमलगायतको क्षेत्रमा ठूलो मात्रमा जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।

Navadurga sun

अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक/एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ।

भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सवैसँग अपिल गर्दछौँ।’

 

ADD Khali jpg
ADD Khali jpg
Loading...