बाजुराका भूकम्पपीडितले ८ महिनासम्म पनि पाएनन् राहत

धनगढी- बाजुराका भूकम्पपीडितहरूले अहिलेसम्म सरकारबाट पाइने सहयोग पाएका छैनन्। गत वर्षको माघ १० गते हिमाली गाउँपालिकाको बिछ्यालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्नीच्युडको भूकम्प जाँदा त्यहाँका १ सय ४ घरपरिवारहरू पूर्ण रूपमा विस्थापित बनेका थिए।

Ganyapdhura gau

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार यो तथ्यांक जिल्ला प्रहरी कार्यालयले संकलन गरेको हो। भूकम्पका कारण जिल्लाको हिमाली गाउँपालिकामा बढीमात्रा क्षति पुगेको थियो।

Navadurga sun
Godawari sandesh

गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले प्रभावितहरू स्थानीय तह, नेपाल रेडक्रस, जिल्ला प्रशासन लगायतका विभिन्न संघ, संस्थाले दिएको खाद्यन्न, लत्ता कपडा, त्रिपालको सहारामा दिन काट्दै आएको बताए। भूकम्प प्रभावितलाई पुनर्स्थापन गर्न केन्द्र सरकारले पठाउने भनेको रकम नआएकाले समस्या भएको उनले बताए।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावितलाई सहयोग नगरेको मल्लले बताए। वर्षायाम पनि एकसरो त्रिपालमा कटाउनुपरेको पीडितहरू दुःखेसो पोख्छन्।

Dadeldhura hospital

यसअघि जिल्ला प्रशासन कार्यालय बाजुराले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाउनका लागि जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण समेत संकलन हुन नसकेको र त्यही कारण ढिला भएको बताएको थियो। हाल सो विवरण केन्द्रमा पठाइसक्दा पनि सरकारले सहयोग रकम जिल्लामा निकासा गरेको छैन।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भूकम्प प्राभावितलाई दिने सहयोगका लागि केन्द्र सरकारले एकदिनभित्र रकम पठाउने तयारी गरेको बताए।

‘मेरो हिजो मात्रै केन्द्रसँग कुरा भएको थियो, बजेट निकासा एक–दुई दिनभित्र हुन्छ भन्ने कुरा आएको छ, सोहीअनुसार भूकम्पबाट प्रभावित भएकालाई पुनर्स्थापना र सहयोग गर्ने काम हुनेछ,’ पौडेलले भने।

माघ १० को भूकम्पपछि बाजुरामा दुई–तीन पटक त्यसको परकम्प गइसकेको छ। जसले भौतिक संरचनामा थप क्षति पुर्‍याएको छ।
यस्तै, डोटीका भूकम्प प्रभावितहरू पनि सरकारले पुनर्स्थापनका लागि गर्ने सहयोगको पर्खाइमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले भूकम्पबाट विस्थापित भएकाहरुको पुनर्स्थापनको सवालमा तिनै तहका सरकारले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। तर, शाहीले भनेअनुसार भूकम्प प्रभावितहरूलाई सुदूरपश्चिम सरकारले कुनै पनि सहयोग गरेको छैन। सेतोपाटीबाट

 

Loading...