डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु

डोटी- डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

साउद गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी थिइन्। आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेको सोहि पालिका–६ का टेक लुहारले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन्।

Navadurga sun

घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि बुधवार मात्रै घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...