डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

डोटी- डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमायल भिरमा अटो दुर्घटना हुँदा बडीकेदार गाउँपालिका–३ विछराकी ५८ वर्षीय कस्तुरी देवी जेठाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल भिरमा बिपीनगरबाट खड्यौली आउदै गरेको सु.प्र. ०१००१ ह ५४०६ नम्बरको अटो गएराति अन्दाजी ९ः३० मा दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिए।

Navadurga sun

अटो चालक बडीकेदार–१ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...