अत्तरिया- नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ ।


शनिवार साँझ अत्तरिया बजारमा जुलुस निकालेको हो । युबा संघ गोदावरी नगरकमिटीको आयोजनामा जुलुस निकालिएको हो । जुलुसले बजार परिक्रमा गरेको छ ।

जुलुसमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । जुलुसपछि अत्तरिया चोकमा कोण सभाको आयोजना गरिएको थियो ।
स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
