रातो किताब नदिँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

अत्तरिया, ६ असार– सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।

Dadeldhura hospital

आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो। तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो । तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि सोमबार दिउँसो तीन बजे बस्ने गरी आइतबार बैठक स्थगित गरिएको हो । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८(७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

Loading...