समाचार प्रभाव : मेयरले योजना परेकै स्थानमा ग्राभेल र ढल निर्माण गर्न निर्देशन





अत्तरिया, ६ असार- कैलालीको गोदावरी नगरपालिका-२ एकान्तकुना (विष्ट) टोलका लागि आएको २० लाखको नाली र १६ लाखको ग्राभेल सडक खेतबारीमा लगेको भन्दै विरोध भएपछि तोकिएकै टोलमा ग्राभेल र नाली गर्न मेयर तयार भएका छन् ।





जनताको माग र मिडियामा आएको खबरले सबैमा फैलिए पछी सामाधानका लागि सर्बपक्षिय सहमति पछि काम निरन्तरता दिने भएको छ ।


यसअघि सहरी विकासबाट आएको २० लाखको नालीसहितको ढल निकास योजना र नगरपालिकाले ग्राभेलका लागि छुट्याइएको १६ लाखको योजना मेयर हरीसिंह साउँदका भाइले आफ्नो खेतबारीको ढल र ग्राभेल गर्न दुवै योजना सारेकोका थिए । आइतबार मेयर साउँद, २ नम्वर वडा अध्यक्ष कृष्णराज जोशी सहित जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा तोकिएकै टोलमा नाली र ग्राभेल गर्ने सहमति भएको स्थानीय सुमन विष्टले बताए ।

त्यसैगरी निर्माण समितिका अध्यक्ष भोज साउँदले पनि यस्तो सहमति पहिले नै भएको भए हामी यसरी बिवादमा तानिने थिएनौं ढिलै भए पनि सहमति भएको छ, आगामी दिनमा योजना (१५ दिन भित्रै) समयमै समाप्त नहुन सक्ने र असार मसान्तमा रकम फ्रिज जानबाट जोगाउन उक्त योजनालाई समय अबधी बढाएर पुन काम संचालन हुने तिर अगाढी बढ्नु पर्ने देखिन्छ, समय अबधीका लागि समितिको तर्फबाट पहल गर्ने तर्पm अग्रसर हुने जानकारी दिएका छन ।

त्यसैगरी सन्त निरङ्कारीले पनि योजना संस्थागत भएकोले ढिलो भएको हो, ब्यक्तीले जस्तो तुरुन्तै निणर्य दिन नसक्ने भएकोले ढिलो भएको हो, अहिलेको बैठकबाट नगरपालिका र वडा कार्यालयले पनि सहमति दिने भएपछी हामी निर्माण कार्यमा अगाडी बढने भएका हौं ।
त्यसैगरी योजना आफ्नै ठाउँमा ल्याउनु पर्ने माग राख्दै आएका अभियानका संयोजक सुमन बिष्टका अनुसार यो ठाउँमा बोलेर मात्र बिकास हुने रहेछ, नत्र सोझासाझा-लाटागाडा भए भने योजनाहरु आफ्नै पोल्टामा पर्ने रहेछन, ४ बर्ष अबधीमा यस पटक योजना आयो, तर पनि अन्यत्र लग्दा हामीलाई आपत्ती भएको हो, ढिलै भए पनि यहाँका जनताले न्याय पाएका छन, अब हामी एकान्त कुना टोललाई सुन्दर सफा बनाउनमा हामी सदैब लागि पर्ने छौं उनले भने ।



