
डडेल्धुरा- डडेल्धुरामा एक व्यक्ति बेहोस अवस्थामा फेला परेका छन्। जिल्लाको आलिताल गाउँ पालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा शुक्रवार आलिताल गाउँपालिका–७ थलीका रामदत्त भट्ट बेहोस अवस्थामा फेला परेका वडा सदस्य अमर धामिले बताए। उनलाई प्रहरीले उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिरहेको छ।

