डोटीको शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए

धनगढी– डोटीको शिखर नगरपालिकाका प्रमुख ९मेयर० दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिव (पीए)माथि कुटपिट गरेका छन्। मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।

Ganyapdhura gau

केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ। नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिका स्रोतका अनुसार गाउँबाट १ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजानु परेपछि एम्बुलेन्सको खोजी भएको थियो। एम्बुलेन्स बिग्रिएको, तर बनाउन कुनै चासो नदिएको भन्दै मेयर बलायरले आफ्ना स्वकीय सचिवलाई गालीगलौज गरेका थिए।

गालीगलौजकै क्रममा दुवै जनाबीच हात हालाहाल भएको र मेयर बलायरले पीए ठगुन्नामाथि ढुङ्गाले प्रहार गरेको नगरपालिका स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

पीए ठगुन्नाले भने आफूमाथि मेयरले खुकुरीले प्रहार गरेको बताएका छन्। सामाजिक सञ्जालमा उनले मेयरले आफूमाथि खुकुरी प्रहार गरेको बताएका छन्। ठगुन्नालाई बिहीबार अस्पताल भर्ना गरिएको र साँझ नै उपचार गरेर घर फर्किसकेका बताइएको छ।

 

Couple
Loading...