डोटीमा पहिरोमा परि दुई बालबालिकाको मृत्यु




डोटी, ३ असार– लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ । बिहिवार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका(५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्टको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।



उनीहरुको दिपायल सिलगढी नगरपालिका ५ को चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।


च्यापिएको थाहाँ भएपछि नेपाल प्रहरी, स्थानीयले पहिरो पन्छ्याउदा उनीहरुको शव मृत फेला परेको हो । बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।



