बाजुरामा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

बाजुरा— खप्तड छेडेदह गाउँपालिका–२ पिपलगाउँका दुई घर पहिराले पूणर् रुपमा विस्थापित भएका छन् । गत शनिबार राति परेको अबिरल बर्षाले घरको माथिबाट आएको पहिरोले दुवै घर चपेटामा परेका छन् ।

Dadeldhura hospital

अहिले उनिहरुका घरहरु बस्ने अवस्थाका समेत नभएको प्रहरी चौकी काँडाले जनाएको छ । त्यस्तै पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसै गरि तिखाडाका स्थानिय गणेश सिहंको तिन तले घर र पिपलगाउँका बिरे कुवँरको २ तले घर पनि पूणर् रुपमा क्षेति गरेको प्रहरीको भनाई छ । अहिले उनीहरु दुवै परिवार भैसी बाध्ने छानोमा बसिरहेका स्थानियहरुले बताएका छन् । अबिरल बर्षाका कारण जताततै आएको पहिरोले पुरै गाउँ नै पहिरोको चपेटामा परेको वडाध्यक्ष भक्तबहादुर बुढाले बताएका छन् ।

पिपलगाउँका दुई घर विस्थापित हुनुका साथै गाउँ वरिपरि अहिलेसम्म पनि पहिरो बगिरहेकाले गाउँ नै पहरोको चपेटामा परेकोे वडाध्यक्ष बुढाले बताए ।
विस्थापित भएका दुवै परिवार अहिले छानोमा बसिरहेका र तत्काल व्यवस्थापनका लागि पहल भइरहेको वडाध्यक्ष बताए । त्यस्तै पिपल गाउँमा रहेको एउटा झुलङं्गे पुलमा समेत पहिरोले बगाएकाले आवतजावतमा समस्या भएको उनले बताएका छन् ।

Loading...