अवरुद्ध खोड्पे-बझाङ राजमार्ग दुई दिनपछि खुल्यो

बैतडी, २ असार- सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग २ दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका वडा नं. ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातीदेखि अवरुद्ध बनेको थियो ।

Dadeldhura hospital

लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिवीको सहयताले बुधबार दिउँसो साढे २ बजेपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको थियोे । उनले भने, ‘पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छ्याइएको छ, अहिले सडक खुलेको छ’

Navadurga sun
Godawari sandesh

बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० बढी सवारी साधन र १ सय बढी यात्रुहरु पहिरोका कारण रोकिएका थिए ।

अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि २ दिनदेखि बिचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु आ आफ्नो गन्तव्यमा हिँडेका छन् । पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

Loading...