कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो। आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई प्रेमले घरको कोठा भित्र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो। तर डाक्टरले उनलाई सोही रातिनै मृत्यु भएको घोषणा गरेको हो। यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...