कैलालीको गोदावरी नगरपालिका भित्र ३ महिना नदीजन्य पदार्थ उत्खनन बन्द




अत्तरिया, २ आसर- कैलालीको गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाइएको छ । बर्षायाम सुरु भएसंगै नेपाल सरकारको निणर्य अनुसार नगरपालिका भित्रका विभिन्न नदी तथा खोलावाट हुँदै आएको नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको हो ।


नगरपालिकाले सुचना जारी गर्दै विगतका बर्ष झै यस बर्ष पनि असार, साउन र भदौ गरी ३ महिना सम्म नगरपालिका क्षेत्रमा रहेको नदी तथा खोलाहरुवाट ढुगां, गिट्टी, बालुवा, ग्राभिल आदी नदीजन्य पदार्थको उत्खनन् र संकलन कार्य पूणर् रुपमा बन्द गरिएको जानकारी गराइएको छ ।


बन्दको समयमा पनि कसैले अबैद रुपमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरेको वा उत्खनन् तथा संकलन गर्न नदीमा गएको पाइएमा दण्ड जरिवाना गरिने समेत नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ ।

यदी बन्दको समयमा नदीजन्य पदार्थ बोकेको ट्याक्टर भेटिएमा पहिलो पटक ६ हजार, टिप्पर भेटिएमा ८ हजार, स्काईभेटर जेसिबि भेटिएमा १० हजार र खोलामा गई थुप्रो बनाउने ब्यक्ति भेटिएमा १ सय रुपैया जरिवान गरिने सुचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानाको ५० प्रतिशत थप गरिने भनिएको छ, तेस्रो पटक भेटिएमा पहिलो पटकको १०० प्रतिशत थप गरिने र फेरि चौथो पटक पनि भेटिएको खण्डमा गाडीलाई नै जफत गरिने समेत जनाएको छ ।
त्यसैगरी नदीजन्य पदार्थ बोकेको गाडी रातिको समयमा भेटिएमा ट्याक्टरलाई १२ हजार, टिप्परलाई १६ हजार र स्काईभेटर जेसिबीलाई २० हजार रुपैया जरिवाना गरिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीद्वारा हस्ताक्षित सुचनामा उल्लेख गरिएको छ ।




