गौरा भदौ २१ गते मनाउने

कैलाली- सुदूरपश्चिममा मनाइने गौरापर्वको तिथीमितिका बिषयमा विभिन्न बहस भइरहेका बेला ‘गुगल्डि बाङमय प्रतिष्ठान’ विगतको परम्परा अनुसार गौरा मनाउने निर्णय गरेको छ।

गौरापर्व भाद्र कृष्ण अथवा शुक्ल पक्षमा पर्ने निष्कर्ष निकाल्दै प्रतिष्ठानले भदौ २१ गते नै गौरा मनाउने निर्णय गरेको हो। सुदूरपश्चिम तथा भारतको कुमाउमा समेत मनाइँदै आएको प्राचीन गौरा पर्वका बिषयमा अन्यौल सिर्जना भएको बेला प्रतिष्ठानको यो निर्णय आएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गते नै गौरा हुने उल्लेख गरेकाले यो तिथीमितिप्रति यहाँका ज्योतिषहरुले असन्तुष्टी जनाइरहेका छन्। गौराका विषयमा थप चर्चा र अन्तिम निष्कर्ष दिन ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले कञ्चनपुरको महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतको परम्परा अनुसार नै गौरा मनाउने निर्णय गरेको हो।

कार्यक्रमका सहभागी प.जगदीश ओझाले सनातन सभ्यतामा कतिपय कर्म सम्पादनका मान्यता त्यहाँको देशाचार, लोकाचार, कुलाचारको मान्यताले हुँदै आएकाले यस्ता पहिचान र मौलिकता बोकेका पर्व त्यही अनुसार मनाउनु पर्नेमा जोड दिए।

सुदूरपश्चिमका अधिकांश ज्योतिषहरुले भाद्र २१ गते नै गौराका लागि उपयुक्त तिथीमिति भएको आवाज उठाएपनि नेपाल पञ्चांग निर्णायक समितिले भने भदौ ७ गते नै गौराको तिथीमिति रहेको उल्लेख गरेको छ।

 

Loading...