सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

बैतडी- सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए। आव २०७८/७९ भन्दा आव २०७९र८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए।

Navadurga sun
Godawari sandesh

सवारी दुर्घटना कमी भएसँगै अंगभंग र मृत्यु हुनेको संख्या पनि घटेको छ। आव २०७९/८० मा यहाँ दुई सय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए।

आव २०७८/७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको र सयौं अंगभंग भएका थिए। ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो।

Loading...