कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–१ तोरैयापुरबाट एक ग्राम ९ सय २० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २५ वर्षीय ओमकार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै टिकापुर नगरपालिका–१ समितिपुरबाट दु्ई सय ५० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २२ वर्षीय नबिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

 

Loading...