सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं-  नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Dadeldhura hospital

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

Navadurga sun
Godawari sandesh

सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

Loading...