प्रहरी जवानलाई यातना, हातखुट्टा बाँधेर १२ घण्टा राखियो

सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भीडीयो सार्वजनिक भएको छ। रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ ।

इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

Navadurga sun

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ।

यता,जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने यातना नदिएको दाबी गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...