सय शैय्याको अस्पताल सञ्चालनका लागि गेटामा १४१ जना जनशक्तिको दरबन्दी स्वीकृत

अत्तरिया–  कैलालीको गेटामा सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको दरबन्दी स्वीकृत गरिएको छ। शुक्रबार (आज) बसेको मन्त्री परिषदको बैठकले गेटा अस्पताल संचालनका लागि माग गरिएको १४१ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

गेटा अस्पतालका निर्देशक हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. प्रमोद जोशीले शुक्रबार बसेको मन्त्री परिषदको बैठकद्वारा गेटा अस्पताल संचालनका लागि आवश्यक कर्मचारीहरुको दरबन्दी स्वीकृत भएको जानकारी दिए ।

Navadurga sun

बिशेषज्ञ चिकित्सक ५ जना, मेडिकल अफिसर १२ देखि २० जना, नर्सिङ स्टाफ ४०, पारामेडिक्स २५, लेखा प्रमुख १ र प्रशासन प्रमुख एक समेत समेत गरी बिभिन्न पदमा एक सय ४१ जनाको दरबन्दी माग गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...