नेपाललाई विश्व बैङ्कले ७ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने

काठमाडौँ, २९ जेठ– नेपाललाई विश्व बैङ्कले ७ अर्ब रुपैयाँ (६० मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । बैङ्कको बोर्ड अफ डाइरेक्टरको शुक्रवार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो ।

Dadeldhura hospital

विश्व बैङ्कको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिने जनाइएको छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैङ्कले निकालेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी उक्त सहयोग रकम उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि लगानी गर्न सकिने विश्व बैकले विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल, माल्दिभ्स र श्रीलङ्काका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैङ्कको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने समेत उल्लेख गरिएकाे छ ।

Loading...