मुख्यमन्त्री कृष्णचन्द्रले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल गठन

पोखरा, २९ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Dadeldhura hospital

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई पद तथा गोपनीयताको शपथ गराएकाे हाे ।

Navadurga sun
Godawari sandesh

मुख्यमन्त्रीले शनिबार नै मन्त्रिपरिषद् विस्तार समेत गरेका छन् । सरकारमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ लिएका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

Loading...