सुदूरपश्चिम प्रदेशमा थप ६३ जनामा कोरोना संक्रमण, ५५४ जना संक्रमणमुक्त

अत्तरिया, २९ जेठ- सुदूरपश्चिम प्रदेशमा शनिबार ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

शनिबार पिसिआर बिधिबाट २ सय २६ र एन्टिजेन विधिबाट ७ सय ९७ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार ६ सय ४० पुगेको छ । जसमध्ये ३२ हजार ९ सय ९३ जनाले कोरोना जितेका छन ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन । सुदूरपश्चिममा कोरोना संक्रमणबाट शनिबार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना कैलालीका रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Loading...