बझाङमा भिरबाट लडेर १ जनाको मृत्यु

Dadeldhura hospital

बझाङ, २९ जेठ- बझाङमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालीका वडा नं. ४ का ४२ बर्षका हरीश प्रकास जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँपालिकामा पर्ने कपडे भिडबाट करिब १०० मिटर तल लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।  आफन्तले खोजी गदै जाँदा २८ गते भिरबाट तल मृत अबस्थामा फेला पारेका थिए । मृतक जोशीको शनिबार नै अन्त्यस्टी गरीएको छ ।

Loading...