दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

Dadeldhura hospital

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका –५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।

 

Navadurga sun
Godawari sandesh
Loading...