अत्तरिया उद्योग वाणिज्य संघमा विवाद कायमै, अवैधानिक समितिले गरेका निर्णय स्विकार्य नहुने व्यवसायीको भनाई

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको अवैधानिक समितिले गरेका कुनै पनि निर्णय आफुहरुलाई स्विकार्य नहुँने एमाले निकट व्यवसायीहरुले बताएका छन् । शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले विद्यान अनुसार अवैधानिक ठहरिएको वर्तमान समितिले गरेका कुनै पनि निर्णय आफुहरुले नस्विकार्ने बताएका हुन् ।

वर्तमान कार्यसमितिले स्वेच्छाचारी ढंगले संस्थालाई नै धरासायी बनाउने गरी अगाडी बढेको देखिएको प्रस्ट छ’ अत्तरिया उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष टिकाराज आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘विद्यानमा भएको व्यवस्थालाई पुरै वेवास्ता गरी प्रत्येक वर्ष गर्नुपर्ने वार्षिक साधारण सभा र प्रत्येक २ वर्षमा गर्नुपर्ने चुनावी साधारण सभा समेत ५ वर्षसम्म गर्न नसक्ने वर्तमान असक्षम कार्यसमितिलाई संस्थाको कुनै पनि गतिविधि गर्नै नैतिक तथा सांगठनिक अधिकार नरहेको हामी प्रस्ट पार्न चाहन्छौ ।’

विज्ञप्तीमा व्यवसायीहरुको हक अधिकार स्थापित गर्न तथा व्यवसायीहरुलाई सहजता प्रदान गर्न संघको स्थापना गरिएको भएपनि संस्थाभित्र आर्थिक अनियमितता तथा संस्थागत अरागकता बढेको उल्लेख गरिएको छ । वर्तमान कार्यसमितिको अराजकताका विरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिईएको भएपनि उक्त निवेदन उपर समेत चित्त बुझ्दो जवाफ प्राप्त नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यालयमा लगाईएको तालाबन्दीमा आफुहरुको समेत ऐक्यवद्धता भएपनि भागबन्डाको टुंगो लगाएर आफुहरुको जानकारी विनै ताला खोलिएको संस्थाका निर्वतमान कोषाध्यक्ष गणेश महराले जानकारी दिए । उनले तालाबन्दीका समयमा सबै व्यवसायी तथा पत्रकारहरुलाई बोलाएर जानकारी दिने तर खोलिदाँ कुनै जानकारी नै नदिईदा भागबन्डामा कुरा मिलेको र भ्रष्ट्राचार मौलाएको स्पष्ट भएको बताए ।

एमाले निकट व्यवसायीहरुले संस्थाको विद्यान अनुसार वर्तमान कार्यसमिति अवैधानिक भएकाले उक्त समितिका संस्थाका कुनैपनि निर्णय लिने अधिकार नभएको बताएका थिए । उनिहरुले संस्थाको पुनः तदर्थ समिति गठन गरेर अगाडी बढेमात्रै आफुहरुले साधारण सभामा सहभागीता जनाउने बताएका छन् ।

No description available.

Loading...