बझाङमा भिरबाट लडेर युवकको मृत्यु

बझाङ- बझाङमा विरामी आमालाई भेट्न हिडेका छोराको भिरबाट लडेर मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ बर्षिया लडे जेठाराको मृत्यु भएको उनका आफन्त चक्र बहादुर बोहराले बताए ।

Dadeldhura hospital

घरमा ७३ बर्षिया आमा गदि देवि बोहरा गम्भिर विरामी भएको खबर पाएपछि यार्सा संकलन गर्ने ठाउँ पार्थीबाट घरका लागि हिडेका थिए । घर फर्किने क्रममा हलेलीको भिरबाट लडेर बेपत्ता भएका जेठाराको शुक्रबार विहान मृत अवस्थामा शब फेला परेको बोहराले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

यार्सा संकलनकै क्रममा यस बर्ष सुर्मा गाउँपालिका मात्रै मात्रै ६ जनाले ज्यान गुमाएका छन् । भिरको बाटो साँघुरो र अफ्ठेरो भएका कारण भिरबाट लडेर र चिसोले कठ्याङ्रिएर तथा हिमपहिरोमा परी बर्षै पिच्छे मृत्यु हुने गरेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले जानकारी दिए ।

Loading...