वन मन्त्री रानाले पदभार ग्रहण गरेसँगै अत्तरिया १३२ केभी बिद्युत प्रसारणको बाटो खोले

अत्तरिया, २७ जेठ- वन तथा वातावर मन्त्री नारदमुनि रानाले बिहीबार शपथ ग्रहण गरे संगै मन्त्री रानाले बिहीबारबाटै पदभार ग्रहण गरेका छन् ।

Dadeldhura hospital

वन मन्त्री रानाको पहिलो निणर्य गर्दै बलाँच अत्तरिया १३२ केभी बिद्युत प्रसारणको बाटो खोलेका छन् । नेपाल सरकारको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०६५ वैशाख १६ गतेको मन्त्री स्तरीय निणर्य अनुसार स्कीकृत भएको बलाँच अत्तरिया १३२ केभी बिद्युत प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत गरेका छन् ।

Navadurga sun
Godawari sandesh

टावर नम्बर ३७७ सार्ने बाटो खुल्यो
नेपाल बिद्युत् प्राधिकरण ग्रिड सञ्चालन विभागले बलाँच अत्तरिया १३२ केभी बिद्युत् प्रसारण लाइनको टावर नम्बर ३७७ रहेको स्थान पहिरोले क्षति पुराएको थियो । टावरको जग राखिएको ग्याबीन वाल समेत धसिएको थियो । मन्त्री रानाले परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत गरेसँगै ३७७ नम्बरको टावर सार्न बाटो खुलेको छ ।

Loading...