अत्तरियामा भोलि चक्काजाम

धनगढी– कैलालीको अत्तरिया चोकमा भोलि १ घण्टा चक्काजाम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिबार बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गर्न लागेको हो ।

समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन चक्काजाम गर्न लागेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

संघर्ष समितिका संयोजक लोक राज पाण्डेले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए ।

उनले आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १८ गते बिहान ११ बजे पछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए ।

यस्तै आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १९ गते विभिन्न राजनीतिक दलहरुसंग अन्तरक्रिया एवम् परामर्श गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । संघर्ष समितिले माग पुरा नभए जेठ १९ गते पछि पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

 

Loading...